नेपालमा संघीयता लागु भई सकेपछि तत्कालिन जिल्ला कृषि विकास कार्यालय, बारालाई मधेश प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तर्गत वि. सं. २०७५ सालमा कृषि ज्ञान केन्द्र,बारा भनी स्थापना गरिएको हो । स्थानीय किसानका समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरू, प्राविधिक र कृषकहरूको क्षमता विकास, स्थानीय कृषि निकायहरूलाई प्राविधिक पृष्ठपोषण तथा विउ विजन तथा उन्नत नश्लको श्रोत केन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्क संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सञ्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस ज्ञान केन्द्रको रहेको छ ।
यो कार्यालय कलैया उपमहानगरपालिका वडा नं ३ मा अवस्थित छ । बारा जिल्लाका कृषकहरुले मुख्यतः धान, गहुँ, मकै, दलहन/तेलहन बाली, उखु, ओल कन्दमुल, बगर खेती, फलफूल नर्सरी जस्ता खेतीहरु गर्ने गर्छन् ।